काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नापी कार्यालयका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्।

advertisement

उनीहरूले छुट जग्गा दर्ता गरिदिने बहानामा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ।

आयोगमा परेको सूचना एवं उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले सर्भेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायलाई सेवाग्राहीबाट घुसबापतको एक लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो।

उनीहरूलाई वीरगञ्ज महानगरपालिका-३ आदर्शनगरस्थित नापी टोलीको कार्यालयबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com