काठमाडौं । डा. भिमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न कानुनले बर्जित गरेको बताएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरीले घरबाट पक्राउ गरेको घटनाप्रति लक्षित गर्दै डा. आचार्यले यो धारणा सार्वजनिक गरेका हुन् ।
उनले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु नागरिक शासनको ‘निकै ठूलो धब्बा’ पनि भएको उनले उल्लेख गरेका छन् ।
मध्यरातमा गिरफ्तार गर्न केले बाध्य बनायो ? भनेर प्रश्न गर्दै उनले सरकारसँग जवाफ मागेका छन् । डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउँछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनत: बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !’
दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार













प्रतिक्रिया