काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अब पुराना गाडीलाई विद्युतीय मोडेलमा रूपान्तरण गर्न सरकारले अनुमति दिने व्यवस्था गर्ने बताएका छन्।

उनका अनुसार, नेपालमा वर्षौँदेखि विभिन्न इन्जिनियर र टेक्निसियनहरूले पुराना कार तथा भ्यानको इन्जिन हटाएर वातावरणमैत्री विद्युतीय प्रणाली जडान गर्ने प्रयास गर्दै आएका भए पनि प्रशासनिक अवरोधका कारण यसअघि यस्तो काम अघि बढ्न सकेको थिएन।

advertisement

सामाजिक सञ्जालमार्फत मन्तव्य व्यक्त गर्दै मन्त्री पुनले लेखेका छन्, ‘अघिल्ला लोभी–पापीहरूले अनेकन नियमकानुन देखाएर कसैलाई पुरानो गाडीलाई विद्युतीय बनाउन नदिएका थिए। अब यातायात व्यवस्थापन विभागमार्फत त्यसका लागि अनुमति दिने प्रक्रिया अघि बढाइनेछ।’

उनका अनुसार, नयाँ नीतिसँगै पुराना सवारी साधनलाई दिगो र प्रदूषणमुक्त बनाउन सहज मार्ग खुल्नेछ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com