काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन ताेलामा २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मुल्य पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












प्रतिक्रिया