काठमाडौं  । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आएको अवरोध अन्त्य भएको छ। बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित स्थानीयसँग सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन भएपछि स्थानीयले अवरोध फिर्ता लिएका छन्।

फोहोर रोकावटपछि मन्त्री कुलमान घिसिङ १६ कात्तिकमा स्थलमै गएर १५ दिनभित्र पूरा गर्न सकिने माग सम्बोधन गर्ने आश्वासन दिएका थिए। मन्त्रालयले मंगलबार आन्दोलनकारीलाई सम्पर्क गर्दै सबै प्रमुख प्रतिबद्धता पूरा भइसकेको जानकारी गराएपछि फोहोर ढुवानी पुनः सामान्य बनेको हो।

स्थानीयको मागअनुसार ल्याण्डफिल्ड क्षेत्रमा रातिको फोहोर व्यवस्थापनका लागि आवश्यक बत्ती जडान सम्पन्न गरिएको छ। सहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा धुनिवेसी र ककनीका प्रमुख तथा काठमाडौं महानगरपालिकाका प्रतिनिधि रहेको सहजीकरण समिति गठन भई पहिल्यै भएका सहमति कार्यान्वयनको प्रगति विवरण तयार गरेको छ।

advertisement

धादिङ र नुवाकोटका प्रभावित बासिन्दालाई क्षतिपूर्ति वितरणका लागि काठमाडौं महानगरपालिकालाई पत्राचार गरिएको छ। यसअघि वार्षिक ६५ लाख रुपैयाँ रहने क्षतिपूर्ति रकम बढाएर चालू वर्षका लागि १ करोड १० लाख विनियोजन गरिएको छ।

निकुञ्ज भएर फोहोर ढुवानीका लागि छुट्टै मार्ग निर्माणका रूपमा प्रारम्भिक वातावरणीय परीक्षण प्रक्रिया सुरू गरिएको छ। त्यस्तै प्रभावित क्षेत्रका चार सडक खण्डको स्तरोन्नतिको लागि बोलपत्र मूल्यांकन कार्य चलिरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com