काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको सिमरामा उत्पन्न भएको घटनालाई अत्यन्त गम्भीर भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीका प्रवक्ता मनिष झाले राजनीतिक माहोल निर्माण गर्न सबै दललाई सार्वजनिक कार्यक्रम आयोजना गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

advertisement

उनका अनुसार, ‘निर्वाचनमूलक माहोल बनाउन राजनीतिक दललाई खुला रूपमा कार्यक्रम गर्न दिनु सरकारको जिम्मेवारी हो। आवश्यक सुरक्षा व्यवस्था पनि सरकारले नै उपलब्ध गराउनुपर्छ। आज सिमरामा देखिएको घटना संवेदनशील छ। यसमा हामी गम्भीर सरोकार राख्छौँ र सरकारले तुरुन्त आवश्यक कदम चाल्नुपर्छ।’

आज बाराको परवानीपुरमा एमालेनिकट राष्ट्रिय युवा संघले आयोजना गरेको मधेस जागरण सभालाई लक्षित गर्दै जेनजी समूहले तीव्र प्रदर्शन गरेको थियो। प्रदर्शन उग्र बन्दै जाँदा तनाव उत्पन्न भएपछि त्यहाँ झडपसमेत भएको थियो।

आन्दोलनका कारण सिमरा विमानस्थलबाट उडान रोकिन पुगेपछि एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत कार्यक्रमका प्रमुख सहभागीहरू बारा पुग्न नसकेका थिए।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com