काठमाडौं। देशभर फैलिएको जेन–जी आन्दोलनले देखाएको राजनीतिक असन्तुष्टि र नेतृत्वप्रति जनाउँदै, नेपाली कांग्रेसभित्रका ४० वर्षमुनिका युवाहरूले ‘नेपाली कांग्रेस सुधार अभियान (Youth–40)’ गठन गरेका छन्।

नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालको अगुवाइमा बुधबार ४० वर्षमुनिका १०१ जना युवाहरू सम्मिलित केन्द्रीय संयोजन समिति गठन गरिएको हो। अभियानले कांग्रेसभित्र युवाको पहुँच विस्तार, अवसरको न्यायोचित वितरण र संगठन सुधारलाई मुख्य एजेन्डा बनाएको छ।

advertisement

जारी विज्ञप्तिमा अभियानले पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठकप्रति असन्तुष्टि जनाउँदै पार्टीमा पारदर्शिता, सुधार र जवाफदेहिताको विषयलाई व्यवस्थित रूपमा अघि बढाउन नेतृत्व उदासीन देखिएको आरोप लगाएको छ।

विज्ञप्तिमा कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म निर्णय प्रक्रियामा लोकतान्त्रिक मूल्यको प्रभावकारी प्रयोग नगर्नु, समयानुकूल रूपान्तरणमा हिचकिचाहट देखिनु, तथा नेतृत्व पुनर्गठनमा ढिलाइ हुनु ‘दुःखद’ भएको उल्लेख छ।

अभियानले आगामी सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा कम्तिमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न माग गरेको छ। साथै, उम्मेदवार छानोट प्रक्रियामा प्राइमरी इलेक्सन अनिवार्य गर्ने, भ्रष्टाचारविरुद्ध सशक्त खबरदारी चलाउने र लोकतन्त्र संरक्षणका लागि नयाँ बहस तथा पैरवी आवश्यक रहेको जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com