काठमाडौं । राजस्व योगदान मार्फत देशकै ढुकुटीलाई बलियो बनाएको चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ राजस्व दाखिला गरेर देशकै कूल राजश्वमा करिब २.४ प्रतिशत योगदान दिएको छ । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको अवस्थामा पनि चौधरी ग्रुपले राजश्व मार्फत देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुऱ्याएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब ५२ करोड राजस्व बुझाएको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी राजस्व राज्यको ढुकुटीमा दाखिला गरेको हो।

advertisement

आर्थिक बर्ष २०७९/८० मा १६ अर्ब १४ करोड राजस्वमा टेवा पुर्याएको चौधरी ग्रुपले आ.व ७८/७९ मा १७ अर्ब ७२ करोड योगदान दिएको छ। त्यस्तै आ.व २०७७/७८ मा १४ अर्ब २८ करोड राजस्वमा योगदान पुर्याएको छ।

यससंगै गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारको ढुकुटीमा ९२ अर्ब २६ करोड रुपैयाँ राजस्व दाखिला गरेको छ । कमजोर आर्थिक गतिविधि, आयात-निर्भर बजार, नीतिगत अस्थिरता, बजारको मनोवैज्ञानिक डर तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि चौधरी ग्रुपले राजस्वमा निरन्तर योगदान दिँदै आएको छ।

जेनजी आन्दोलनका क्रममा ठूलो क्षेती ब्यहोरेको चौधरी ग्रुपले राष्ट्रका विकास योजना, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने विश्वास लिएको जनाएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, चौधरी ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तारमार्फत राजश्व योगदान बढाउँदै लगिरहेको छ।

“ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री रामेश्वर खनालले सीजीको राजस्व योगदानलाई विशेष रूपमा उल्लेख गरेकोमा प्रबन्ध निर्देशक चौधरीले आभार व्यक्त गरेका छन्।

प्रवन्ध निर्देशक चौधरीले सामाजिक संजालमा लेखेका छन्,- ‘गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको उल्लेखनीय योगदान गरेको छ । चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ।’

चौधरी ग्रुपले आर्थिक बर्ष ८१/८२ मा प्रत्येक महिना २ अर्ब १३ करोड, प्रत्येक हप्ता ४९ करोड २१ लाख, प्रत्येक दिन ७ करोड, प्रत्येक घन्टा: २९ लाख २२ हजार , प्रत्येक मिनेट ४८ हजार ७०६ रुपैयाँ र प्रत्येक सेकेन्ड ८१२ रुपैया राजस्व बुझाएको तथ्यांकले देखाएको छ।

नेपालमा व्यवसायिक समूहले सरकारलाई तिरेको राजस्व अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा अझै स्थापित नभएकाले कतिपय समयमा करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुने गरेको छ।

यस्तो अवस्थालाई अन्त्य गर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्‌नो एकमुष्ट राजस्व विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ । यसले राष्ट्र निर्माणमा व्यवसायिक क्षेत्रको भूमिकालाई स्पष्ट पार्नुका साथै, सरकारलाई पनि समूहगत कर योगदान छुट्टै गणना गरी पारदर्शी रूपमा खुलाउने संयन्त्र विकास गर्न प्रेरित गर्ने चौधरी ग्रुपले विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com