काठमाडौं । नेकपा (एमाले) कि नेतृ एवं पूर्वमन्त्री ज्वाला कुमारी साहले सिमरामा भएको हिजोको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले एमालेका नेताहरुलाई रोक्नका लागि षड्यन्त्र भएको बताएकी हुन् । सरकारको चुनाव गर्ने नियत नै नरहेको उनको दाबी छ ।

‘हिजोको जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ । हिजोको घटना सरकारले गराएको हो । सरकारले एमालेका नेताहरुलाई रोक्नुपर्छ, कांग्रेसका नेताहरुलाई रोक्नुपर्छ भनेर हो । हिजोको घटना त सरासर सरकारले नै मिलेर गराएको छ,’– उनले भनिनु् ।

advertisement

हिजो (बुधबार) नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पोलिटव्युरो सदस्य महेश बस्नेत सिमरा एयरपोर्ट हुँदै कार्यक्रममा जान आउने थाहा पाएपछि जेन–जीहरुले अवरोध गरेका थिए । जेन–जी समूहको अवरोधका कारण हिजो सिमरा उड्ने फ्लाइट नै क्यान्सिल भएको थियो । नेतृ साहले एमालेले चाहेको भए हिजो एक मिनेटमा खरानी बनाइदिने अवस्था रहेकोमा पनि आफूहरुले संयमता अपनाएको बताईन् ।

‘यदि एमालेले चाहेको भए एक मिनेटमा खरानी हुने अवस्था हुन्छ । तर, एमाले पार्टी कहिले पनि त्यो बाटो अपनाउँदैन । एमाले पार्टी सधैं जनताको पक्षमा, सधैं जनताको सेवकको रुपमा लागिरहन्छौं,’– उनले भनी ।

साथै, उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामाथि हत्या गर्ने नियतले भएको आक्रमणमा संलग्नलाई सरकारले कारबाही गर्न नचाहेको उनको आरोप छ ।

  • रिपाेर्टस क्लव नेपाल

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com