काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
उनका अनुसार सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना तथा निर्वाचन प्रणालीसहित संवैधानिक निकायहरूमा आवश्यक सुधारका विषयमा ठोस कदम चाल्न पूर्ण रूपमा असफल भएको छ। उनले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र जस्ताका व्यवस्था अपरिवर्तित रहने हो भने दशकौँअगाडिको ७६ जनाको बलिदान र अर्बौँको क्षतिको अर्थ नै के रहन्छ भनी सवाल उठाएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत लेख्दै संसद् विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको प्रसङ्गसमेत उठाएका छन्। ‘यस्ता संवेदनशील निर्णयहरूको औचित्य के हो? जनता यसको जवाफ खोजिरहेका छन्,’ उनले टिप्पणी गरेका छन्।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया