काठमाडौं । बारा जिल्लाको सिमरा क्षेत्र बिहीबार पनि एमाले कार्यकर्ता र जेन–जी समूहबीच दोहोरिएको तनावका कारण अत्यन्तै संवेदनशील बनेको छ।

बुधबारको झडपपछि सम्झौता भई ट्राफिक सञ्चालन सामान्य जस्तै देखिए पनि बिहीबार बिहानैदेखि पुनः प्रदर्शन सुरु भएपछि वातावरण फेरि अशान्त बनेको हो।

advertisement

स्थिति नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास र राजमार्गका केही भेगमा दोस्रो दिन पनि कर्फ्यु जारी गरेको छ।

बुधबारको विरोधका क्रममा दुई पक्षबीच वाकयुद्ध हुँदै झडपसम्म पुगेका थिए। केही युवाले सिमरा विमानस्थलको प्रवेशद्वारमा क्षति पुर्‍याएको प्रहरीले जनाएको थियो। सुरु भएको भिडन्त रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।

प्रशासनका अनुसार अवस्था थप बिग्रिन नदिन बिहीबार पनि निश्चित समयका लागि कर्फ्यु कायम राखिएको छ।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com