काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार विभिन्न पक्षबाट परस्परविरोधी दबाबमा परेपछि आफू अचानोजस्तै बनेको टिप्पणी गरेकी छन्।
‘नागरिक फ्रन्टलाइन’का लागि नागरिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको विशेष अन्तर्क्रिया क्रममा उनले एकातिर निर्वाचन मात्रै गराउनू सरकारको काम हो भनेर आलोचना हुने, अर्कोतर्फ जेन–जी आन्दोलनका सहभागीले भ्रष्टाचारदेखि सुशासनसम्म सबै विषयमा कडाइका साथ हस्तक्षेप गर्न माग गर्ने स्थिति बनेको बताइन्।
उनका अनुसार, एक पक्षले–सुशासन, भ्रष्टाचार र छानबिन सरकारको काम होइन– भन्छ, अर्को पक्षले सबै हेर भनेर खबरदारी गर्छ। यसरी हामी अचानोजस्तै भयौँ।
प्रधानमन्त्री कार्कीले हाल मेलम्चीदेखि बञ्चरेडाँडोसम्मका विषय चर्किंदै जनआन्दोलनका मुद्दाहरू सर्वत्र उठिरहेकाले स्थिति अझ चुनौतीपूर्ण बन्दै गएको बताइन्। उनले आफ्नो सरकार जनमत वा राजनीतिक शक्ति अत्यधिक पाउँदै बनेको होइन, तर संवेदनशील परिस्थितिमा जिम्मेवारी सम्हालिरहेको उल्लेख गरिन्।
जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारले दैनिक प्रशासनिक कामकाजसँगै तोडफोड र आगजनी घटनाबारे छानबिन गरी कारबाही गर्नुपर्ने दबाब पनि वहन गरिरहेको छ।
- नागरिकबाट
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया