काठमाडौं । बाराको सिमरा क्षेत्रमा बुधबारदेखि सुरु भएको तनाव जारी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा निरन्तर भइरहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सुरक्षा परिषद् सचिवालयमै बसेको हो। बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रमका लागि सिमरा जाने तयारीमा रहेकै समयमा जेन–जी समूहले विमानस्थल क्षेत्रमा अवरोध र तोडफोड गरेको थियो।

advertisement

झडपपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको थियो, जसलाई बिहीबार राति ८ बजेसम्म लम्ब्याइएको छ। बिहानैदेखि स्थिति फेरि तनावपूर्ण बनेपछि आज पुनः कर्फ्यु लागू गरिएको हो।

यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षाका लागि सेना परिचालनको सिफारिस रक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। स्रोतका अनुसार पत्र रक्षा मन्त्रालयमा पुगिसकेको छ, र सेना परिचालनसम्बन्धी अन्तिम निर्णय सुरक्षा परिषद्ले गर्ने भएकाले आजको बैठकमा सो विषय मुख्य एजेन्डा बनेको छ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com