काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बुधबारदेखि जारी तनावप्रतिको गम्भीर चासो व्यक्त गर्दै घटनालाई थप उग्र र अनियन्त्रित हुन नदिन सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले राजनीतिक तथा वैचारिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि त्यसलाई हिंसा र उत्तेजना मोड दिनु लोकतान्त्रिक संस्कृतिको विपरीत भएको उल्लेख गरे।

advertisement

‘राजनीतिक दल र तिनका नेताहरूलाई स्वतन्त्र रूपमा हिँड्डुल गर्ने, सभा–समारोह आयोजना गर्ने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ उनले लेखे, ‘यसतर्फ सरकारको गम्भीर ध्यान जान आवश्यक छ।’

आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र अवाञ्छित प्रभावबाट मुक्त रहनु देशको प्राथमिकता भएको उल्लेख गर्दै प्रचण्डले कुनै पनि घटना वा तनावले निर्वाचन प्रक्रियामा नकारात्मक असर नपारोस् भन्ने प्रश्नमा सबै पक्ष जिम्मेवार बन्नु अपरिहार्य रहेको बताए।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com