काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।

लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता हुनु स्वाभाविक हो भन्दै उनले सिमाराको घटनालाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको बताएका छन् ।

advertisement

‘राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु’, संयोजक दाहालद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

यसैगरी घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सम्बद्ध सबै पक्षसँग उनले आग्रह गरेका छन् । मुलुकमा विकसित घटनाक्रम र परिस्थितिलाई सामान्य बनाउने सन्दर्भमा आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न स्थानीय पार्टी समितिलाई संयोजक दाहालले निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com