एजेन्सी । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

रिहा गरिएका मध्ये दुई महिना सम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सिमा हुँदै घर फर्केको जनाइएको छ । इराकमा छ – देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट स्वदेश फिर्ता गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

advertisement

गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने तिनीहरु मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेका थिए ।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com