काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकाल्दै सरकारविरुद्ध चेतावनी दिएको छ।
एमालेको कार्यक्रममा केही स्थानमा निषेध लगाउन खोजिएको भन्दै अनेरास्ववियुले मीनभवन क्याम्पस बाहिर मसाल जुलुस आयोजना गरेको हो। संगठनका सदस्यहरूले राजनीतिक गतिविधिमा स्वतन्त्रता सुनिश्चित हुनुपर्ने र सरकारको हस्तक्षेप अस्वीकार्य रहेको बताए।
उनहरूले भने, ‘यदि निरन्तर निषेध र अवरोध जारी रह्यो भने हामी प्रतिकारका लागि उत्रिनेछौं।’ साथै, अनेरास्ववियुले सरकारले सुरक्षा व्यवस्था दिन नसकेको भन्दै आगामी निर्वाचनको तयारीलाई ‘नाटक’का रूपमा वर्णन गरेका छन्।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया