काठमाडौं । बाराको सिमरामा जारी जेन–जी युवाहरुको आन्दोलन शुक्रबार बिहान १० बजेसम्मका लागि स्थगित भएको छ।

नेपाल एमाले निकट युवा संघका कार्यकर्तालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरुले बिहीबार पनि आन्दोलन जारी राखेका थिए।

advertisement

उनीहरूले बिहीबार अपराह्नदेखि शुक्रबार १० बजेसम्मलाई आन्दोलन स्थगन गरेका हुन्। युवा संघका ८ जना नेता कार्यकर्ताहरलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै महेन्द्र राजर्माग अवरुद्ध गरी दिनभर प्रदर्शन गरेका छन्।

राजमार्गमा गरेको अवरोध हटेपछि सार्वजनिक तथा निजी सवारी साधानको आवागमन सहज भएको छ। बुधबार नेकपा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा जाने तय भएसँगै जेन–जी युवाहरुले आन्दोलन शुरु गरेका थिए।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com