काठमाडौं । नेकपा (विप्लव) का महासचिव नेत्र विक्रम चन्द विप्लव प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितको टोलीले प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटपछि विप्लवले आफूले प्रधानमन्त्रीसँग राष्ट्र र जनताको सुरक्षासँग सम्बन्धित मुद्दामा विस्तृत वार्ता गरेको बताए। उनले भने, ‘विद्रोहको बलमा बनेको यो सरकारप्रति हाम्रो समर्थन छ। वर्तमान परिस्थितिको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझ बृहत् बनाउँदै अघि बढ्नुपर्छ। जेन-जी आन्दोलनका मागहरू तत्काल पूरा हुनुपर्छ।’
विप्लवले राजनीतिक दलहरूलाई सहकार्य गरी सुरक्षित निकास सुनिश्चित गर्ने र समृद्ध नेपाल निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पनि जोड दिए।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया