काठमाडौं । नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

घर फर्क अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट आबद्ध हुनुभएकामध्ये तत् कमिटीका केन्द्रीय समितिमा जो अहिले यता आउनुभएको छ । उहाँहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ, उनले भने ।

advertisement

केही समयअघि मात्रै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू एमालेमा फर्किएका थिए ।

एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com