काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।

पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक्ष्यमा छ।

advertisement

गत संस्करणको खराब प्रदर्शन बिर्साउने लक्ष्यमा रहेको पोखरा एभेन्जर्सको यो संस्करण पनि सुखद हुन सकेन।

प्रतियोगिताको तेस्रो तथा आफ्नो पहिलो खेलमा विराटनगरसँग ५३ रनको फराकिलो अन्तरले हारेको पोखरा पुनरागमनको प्रतिक्षामा छ। एनपिएल इतिहासमै सर्वाधिक उच्च २२१ रनको लक्ष्य पछ्याएको पोखराका लागि आशा गरिएका जिम्मी निसमबाट साथ नपाए पनि कप्तान कुशल भुर्तेल भने अर्धशतक बनाउन सफल भए।

यता, अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको सुदूरपश्चिम विजयी यात्रा जारी राख्न चाहन्छ। यस पटकको बलियो दाबेदार सुदूरपश्चिमले खराब सुरुवातका बाबजुद मध्यक्रमले ब्याटिङ सम्हाल्दा बलिङमा एक पक्षीय प्रदर्शन गर्यो।

गत संस्करण पोखरा र सुदूरपश्चिमबीच लिग चरणमा एक खेल भएको थियो। जहाँ सुदूरपश्चिमले ५ रनको झिनो अन्तरको जित निकालेको थियो।

 

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com