काठमाडौं । नेपालले दोस्रो महिला कबड्डी विश्वकपमा तेस्रो जित हात पारेको छ।

बङ्गलादेशको ढाकामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार केन्यालाई रोमाञ्चक तरिकाले २८–२१ ले पराजित ग¥यो।

advertisement

पहिलो खेलमा १३–११ स्कोरसहित नेपाल मात्र दुई अङ्कको अग्रतामा थियो । दोस्रो हाफमा नेपाले १५ स्कोर ग¥यो। यस नतिजासँगै नेपाल आफ्नो समूहमा चार खेलमा तीन जित र एक हारको स्थितिमा छ।

नेपालले पहिलो खेलमा जन्जिबारलाई ५८–१६ ले सजिलै हराएर सानदार सुरुवात गरेको थियो। नेपालले बुधबार खेलेका दुई खेलमा मिश्रित नतिजा निकाल्यो। चाइनिज ताइपेईसँग ३१–१५ ले निराश बनेको नेपालले पोल्यान्डलाई ६३–२५ ले सजिलै हराएको थियो।

महिला कबड्डी विश्वकप १३ वर्षपछि भएको हो। सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो। भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो। सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए।

 

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com