काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई सही मार्गमा फर्काउने निर्णायक समय आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सोमबार प्रतिक्रिया जनाउँदै उनले वर्तमान परिस्थितिले राष्ट्रीय एकताको आवश्यकता झन् बढाएको उल्लेख गरे।
पोखरेलका अनुसार मंसिर ५ गते ‘राष्ट्रिय स्वयंसेवक फोर्स’ गठन गरिनेछ भने मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन आयोजना हुनेछ। शान्ति, सुरक्षा र लोकतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले उक्त कार्यक्रमहरूमा सहभागी हुन आह्वान गरे।
‘अब समय आएको छ—देशलाई सही दिशातर्फ डोहोर्याउने,’ पोखरेलले लेखेका छन्, ‘राष्ट्रिय स्वयंसेवक फोर्सको गठन र काठमाडौंमा हुने जनप्रदर्शन हाम्रो कर्तव्य र अधिकार दुवै हो। शान्ति, सुरक्षा र लोकतन्त्रका लागि सबै एकताबद्ध बनौँ।’
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया