काठमाडाैं । ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता शुक्रबार बिहान जनकपुरधाम पुगेका छन्। उनीहरूले निर्माण कार्य रोकिएको रामजानकी रंगशालाको अवस्थाबारे स्थलमै पुगेर अवलोकन गरेका छन्।

निरीक्षणको क्रममा मन्त्रीद्वयले रंगशाला किन रोकिएको हो, खेलमैदानको हालको अवस्था कस्तो छ,भन्नेबारे सम्बन्धित निकायबाट विस्तृत जानकारी लिएका थिए। सो अवसरमा मधेस प्रदेशको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका प्रतिनिधि तथा खेलाडीहरूले रंगशालाको वस्तुस्थितिबारे जानकारी गराएका थिए।

advertisement

रंगशालाको निरीक्षणपछि मन्त्री घिसिङ र मन्त्री गुप्ता भासिएको कमला पुलतर्फ समेत पुगे। पुलका संरचनागत समस्याबारे बुझ्न उनले स्थानीय अधिकारीसँग संवाद गरेका थिए।कमला पुल सम्बन्धी पत्रकारको प्रश्नमा ऊर्जा मन्त्री घिसिङले छिट्टै आवश्यक निर्णय लिने बताए। परिस्थितिको पूर्ण अध्ययनपछि अघि बढ्ने बताउँदै उनले पुल निर्माणका पक्षमा आफू रहेको स्पष्ट गरे।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com