प्रचण्ड सन्देश :

जनयुद्धका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन : प्रचण्ड

नयाँ एकीकरण र समायोजनबाट निर्मित नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौताप्रति आफ्नो राजनीतिक जिम्मेवारी निर्वाह गर्दै बाँकी कार्यभार निष्पादनमा दृढ रहन्छ



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (एकीकृत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धले उठाएका मुद्दा पूर्णरूपमा समाधान नभएसम्म विस्तृत शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन्। विस्तृत शान्ति सम्झौता (विस्‍शस) १९ वर्ष पूरा भएको अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै उनले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

प्रचण्डले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको स्मरण गर्दै शान्ति प्रक्रियामा योगदान पुर्‍याउने सबैप्रति आभार प्रकट गरे। उनले अझै बाँकी रहेका दायित्व पुरा गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे।

advertisement

‘नयाँ एकीकरण र समायोजनबाट निर्मित नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौताप्रति आफ्नो राजनीतिक जिम्मेवारी निर्वाह गर्दै बाँकी कार्यभार निष्पादनमा दृढ रहन्छ,’ सन्देशमा उल्लेख छ।

तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्षका रूपमा जनयुद्ध नेतृत्व गरेका प्रचण्डले सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धि जस्ता जनयुद्धले उठान गरेका मूल मुद्दाहरू पूरा नहुँदा शान्ति प्रक्रियाको अन्तिम रूपले संस्थागत हुन नसक्ने टिप्पणी गरे।

समाजमा रहेका विभिन्न समस्या समाधानका लागि सबै राजनीतिक शक्ति र संबंधित पक्षबीच एकताबद्ध प्रयास आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न पनि आग्रह गरे।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com