काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश आर्यालले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
शुक्रवार सिरहाको कमला पुल निरीक्षणका लागि सिरहा पुगेका गुरुङले पत्रकारहरूसँग कुरा गर्दै अब गृहमन्त्री अर्यालले कुर्सीमा बस्ने कुनै अधिकार नभएको बताए। उनले सरकार गठनको समयमा राष्ट्रपति कार्यालयमा भएका वार्तामा अर्यालले जेनजीका सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएको स्मरण गराए। तर अहिलेसम्म उक्त माग पूरा नगरेको आरोप समेत लगाए।
गुरुङले स्पष्ट रूपमा भने, ‘जेनजीको माग पूरा नहुने हो भने त्यस्तो गृहमन्त्रीको आवश्यकता छैन।’
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया