सिमरा । जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङले आफ्नो घर पुनः जलाउने धम्की दिएको भन्दै विघटित प्रतिनिधिसभाका पूर्वसदस्य तथा एमाले नेता किसान श्रेष्ठले कडा आपत्ति जनाएका छन्।

श्रेष्ठका अनुसार आफू पार्टी गतिविधिका क्रममा काठमाडौंमा रहेको समयमा शनिबार गुरुङ समूह सिमरा–औराहास्थित आफ्नै निवासमा पुगेर पुनःनिर्माणमा व्यस्त कामदारलाई धम्क्याउँदै घर फेरि आगो लगाइदिने चेतावनी दिए।

advertisement

आफ्नो नाममा जारी गरेको विज्ञप्तिमा श्रेष्ठले भनेका छन्, ‘लुटपाट र गुण्डागर्दी शैलीमा सुधन गुरुङ नामका व्यक्ति घरभित्र पसेर २४ गते जलाइएको घर पुनःनिर्माण गर्दै गरेका कर्मचारी र कामदारलाई धम्क्याए। उनले ‘घर फेरि जलाउँछु, तेरो नेतालाई जे पनि हुन सक्छ’ भन्ने जस्ता आपराधिक अभिव्यक्ति दिएका छन्। यस्तो घटनाको म घोर भर्त्सना गर्दछु।’

श्रेष्ठले जेन–जी आन्दोलनको नाममा भइरहेका अवाञ्छित गतिविधि र डर–त्रास फैलाउने प्रवृत्ति तत्काल रोक्न सरकारलाई आग्रह गरे। साथै, उनले सिमरामा ३ र ४ गते भएको प्रदर्शनमा घाइते भएका सबैको छिटो स्वास्थ्यलाभको कामना पनि व्यक्त गरे।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com