काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेतर्फ संकेत गर्दै देशमा उत्तेजना र प्रतिशोधको वातावरण बनाउने प्रयास भइरहेकाे आरोप लगाएका छन्।
केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, ‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, घृणा र निषेधको भावना बढाउने गतिविधि देखिएका छन्। यस्तो प्रवृत्ति मुलुकलाई हिंसातर्फ धकेल्छ, र कांग्रेस यसको कडा विरोधमा उभिन्छ।’
थापाले राजनीतिक प्रतिस्पर्धा घृणा, उग्रता र आपसी वैमनस्यका आधारमा हुनु नहुने स्पष्ट पारे। उनले एमालेलाई लक्षित गर्दै भने, ‘कसैले पनि उत्तेजनाको भाषा प्रयोग गर्नु हुँदैन। राजनीतिक दलले आफ्ना गतिविधि स्वतन्त्र रूपमा गर्न पाउनुपर्छ, तर माहोल बिगार्ने व्यवहार स्वीकार्य हुँदैन।’
उनका अनुसार कांग्रेस अब देशमा शान्ति, संवाद र स्थिरताको नेतृत्व गर्ने तयारीमा छ।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार













प्रतिक्रिया