काठमाडौं । पाकिस्तानले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र सुपुर्दगी आन्तरिक मामिला भएको बताएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश कार्यालयका प्रवक्ता ताहिर आन्द्राबीले भने, ‘यो बंगलादेशको आन्तरिक मामिला हो। बंगलादेशको आफ्नै संविधान र कानुन छ।’
उनले बंगलादेशका जनतासँग आफ्ना समस्या आफ्नै लोकतान्त्रिक र संवैधानिक प्रक्रियाअनुसार समाधान गर्ने पूर्ण क्षमता रहेको पनि बताए।
यसै हप्ता बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई “मानवताविरुद्धको अपराध” र निहत्था प्रदर्शनकारीहरूमाथि गोली चलाएको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ।
जुलाई २०२४ मा सरकारी जागिरमा आरक्षणविरुद्ध बंगलादेशमा भएको विद्यार्थी आन्दोलन थेग्न नसकेपछि शेख हसिना भारत भागेकी थिइन्।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार












प्रतिक्रिया