काठमाडौं  । मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । सप्तरीको राजगढ गाउँपालिका–६, फकिरा घर भई राजविराज नगरपालिका–१६, बोरियामा बस्दै आएका मुकेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१९ वर्षीय यादवको उपचारका क्रममा शनिबार (मंसिर ६) राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी डम्बरबहादुर पुरीले बताए ।

advertisement

प्रहरीका अनुसार, दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो । उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । रासस

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com