काठमाडौं । एफसी यु–१७ एसियन कप छनोटको सुरुवात नेपालले हारबाट गरेको छ।
समूह ‘जी’ को पहिलो खेलमा सिरियाले १० खेलाडीमा सीमित बनेको नेपाललाई ४–२ गोलले हरायो। म्यान्मारको योङ्नस्थित थुवाना रङ्गशालामा भएको खेलको सातौँ मिनेटमा अब्दुलहादी अल हारिरीले आफ्नो गोलपोस्ट छोडेर अगाडि बढेका नेपाली गोलरक्षक रामबहादुर बोहोराको टाउकोमाथिबाट बल गोलपोस्टमा छिराएर पहिलो गोल गरे।
तीन मिनेटपछि सिरियाका फरवार्ड मोहम्मद अलाली अलजासमले गोलरक्षक रामबहादुरसँगको वन भर्सेज वनमा गोल गरी सिरियाको अग्रता दोब्बर पारे। खेलको १४ औँ मिनेटमा अलजासमको पासमा ओडी अलफास्टाकीले गोल गरी स्कोर ३–० बनाए।
दोस्रो हाफमा नेपालले सानदार पुनरागमन ग¥यो। खेलको ५३ औँ मिनेटमा समीर कुमारले मैदानको दायाँ भागबाट क्रस गरेको बललाई निसकुमार श्रेष्ठले गोलपोस्टमा छिराएपछि नेपालमाआशा जागेको थियो।
खेलको ६९ औँ मिनेटमा प्रतिश थापाले हेड गरेको बललाई सिरियाका गोलरक्षक आसाद हसनले फुत्काएपछि निरकुमारले सहजै गोल गरी स्कोर ३–२ पारेपछि खेल रोमाञ्चक बन्यो तर खेलको ८७ औँ मिनेटमा नेपालका अनमोल कार्कीले रातो कार्ड पाए।
मोहम्मद अलहाजीले हेड गरेको बललाई गोलपोस्टको लाइनमा रहेका अनमोल कार्कीले हातले रोक्केपछि रेफ्रीले अनमोललाई रातो कार्ड देखाउँदै पेनाल्टीतर्फ सङ्केत गरे। सो पेनाल्टीलाई अहमद अलफराजले सदुपयोग गर्दै खेल ४–२ को अवस्थामा पुर्याएका थिए।
समूह ‘जी’ मा म्यान्मार, ओमान र अफगानिस्तान पनि रहेका छन्। यसअघि शनिबार नै भएको पहिलो खेलमा घरेलु टिम म्यान्मारले अफगानिस्तानलाई ३–१ ले हराएको थियो।
नेपालले अर्को खेल सोमबार घरेलु टिम म्यान्मारविरुद्ध खेल्ने छ। त्यसपछि नेपालले नोभेम्बर २६ मा ओमान र नोभेम्बर २८ मा अफगानिस्तानसँग खेल्ने तालिका छ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया