काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलमा २ हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा काराेबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । शुक्रबार तीन हजार १०० रुपैयाँमा कारोबार भएको चाँदीकाे मुल्य आइतबार तीन हजार १३५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार












प्रतिक्रिया