काठमाडौँ । ‘पहिला देश पिपुल्स रिभोलुसन’ले संयोजक एसपी शाहको पक्राउलाई सरकारद्वारा गरिएको योजनाबद्ध दमन भन्दै कडा आपत्ति जनाएको छ। अभियानले सुशीला कार्की नेतृत्वको सरकार भ्रष्ट-अपराधीहरूको संरक्षणमा लागिरहेको र जेनजी युवाहरुमाथि फौजदारी दमन बढाएको आरोप लगाएको छ।
एसपी शाहलाई हिजो कलङ्की क्षेत्रमा विरोध कार्यक्रमकै क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो भने प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। भृकुटीमण्डपमा पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सूचना पाएपछि शाह विहानैदेखि ‘जेनजीको हत्यारालाई कार्वाही गर्’ भन्दै सडकमा उत्रेका थिए। त्यसैबेला प्रहरीले ‘शान्तिपूर्ण विरोधकै क्रममा’ गिरफ्तार गरी मुद्दा दर्ता गर्न लागेको अभियानले जनाएको छ।
अभियानले सुशीला कार्कीमाथि लक्षित गर्दै भनेको छ, “जेनजीको बलिदानबाट सत्तामा पुगेकी कार्की सरकारले सर्वदलीय बैठक र सत्ता–सम्झौताका नाममा पुराना भ्रष्ट–हत्यारा नेटवर्कसँग मिलेमतो गर्दै उनीहरूलाई पुनः स्थापित गर्ने गतिविधि चलाइरहेको छ।”
विज्ञप्तिमा भनिएको छ, ‘कार्की सरकार आन्दोलनकारी युवालाई साना विषयमा धरपकड गर्ने तर आरोपित जेनजीका हत्याराहरुलाई खुलेआम संरक्षण गर्ने प्रवृत्ति अत्यन्त निन्दनीय छ।’
“जेन्जीको रगतमा टेकेर पद हत्याएर भ्रष्ट–अपराधीहरूको चाकरी नगर्नू। हत्यारामाथि कारबाही, सुशासन र सामाजिक न्यायमा ध्यान दिनू।”
शाहले युवामाथि भएको अन्याय, जेन्जी हत्या प्रकरणका दोषीमाथि कारबाही र भ्रष्टाचारविरुद्ध सडकबाट आवाज उठाएबापत राज्यद्वारा दमन सहनुपरेको अभियानको ठहर छ। अभियानले शाहको कदमलाई ‘न्याय र उत्तरदायित्वका लागि उठाइएको आवश्यक आवाज’ भन्दै जेनजी जेन-वाईको पुर्ण समर्थन रहेको जनाएको छ।
अभियानले सुशीला कार्कीलाई कडा चेतावनी दिँदै भनेको छ, “जेन्जीको रगतमा टेकेर पद हत्याएर भ्रष्ट–अपराधीहरूको चाकरी नगर्नू। हत्यारामाथि कारबाही, सुशासन र सामाजिक न्यायमा ध्यान दिनू।”
अभियानले संयोजक शाहलाई विना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्दै चेतावनी दिँदै भनेको छ, – ‘ढिलाइ भए जेन्जी, जेन–एक्स, जेन–वाइ, अभियानकर्मी तथा न्यायप्रेमी जनता मिलेर देशव्यापी सशक्त आन्दोलन चर्काइनेछ।’
अभियानले सम्भावित आन्दोलनबाट हुने सम्पूर्ण राजनीतिक तथा सामाजिक क्षतिको जिम्मेवारी सुशीला कार्की सरकारले वहन गर्नुपर्ने उल्लेख गरेको छ।
सचिवालय सदस्य धरणीधर दाहालले जारी गरेको विज्ञप्तिमा सबै नागरिकलाई “अवैध गिरफ्तारी, जेनजीमाथीको दमन तथा मुद्दाको विरोधमा सशक्त आवाज उठाउन” आह्वान गरिएको छ।
विज्ञप्ति:

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया