सप्तरी । प्रहरीले करिब १८५ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। गाेप्य सूचनाका आधारमा चेकजाँचका क्रममा हिजाे ०६ गते राति करिब १०:३० बजे कन्चनपुर नगरपालिका–२, बसबिट्टामा पक्राउ गरेको हो।
नेपाल प्रहरीकाे टोलीले भारततर्फ जाँदै गरेको द.३०प.७५५५ नम्बरको ट्रकलाई रोक्दै जाँच गर्दा सो ट्रकमा प्लास्टिकको २८ बोरामा प्याक गरिएका ठूलो मात्रामा गाँजा लोड गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
ट्रक चालक कन्चनपुर नगरपालिका–२ बस्ने २५ वर्षीय एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ऐन अन्तरगत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
फेला परेको गाँजा, ट्रक तथा पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइए पछि थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

- स्राेत-नेपाल प्रहरी
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार












प्रतिक्रिया