काठमाडौं । सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

advertisement

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले गत भदौ २४ गते जेनी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com