काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले टोटनह्याममाथि शानदार जित निकालेको छ । खेलको सुरुदेखि अन्तिम समयसम्म दबाबमा राखेको आर्सनलले ४–१ गोल अन्तरको जित निकालेको हो ।

आर्सनलका लागि खेलको ३६ औं मिनेटमा गोल गर्दै लियान्ड्रो ट्रोडार्सले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको ४१ औं मिनेटमा एबेरेची एजेले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

advertisement

दोस्रो हाफको पहिलो मिनेट र खेलको ७८ औं मिनेटमा गोल गर्दै एबेरेचीले ह्याट्रिक पूरा गरे । टोटनह्यामका लागि एक मात्र गोल खेलको ६६ औं मिनेटमा रिचार्लिसनले गरेका थिए ।

यो जितसँगै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले २९ अंक जोडेको छ ।

 

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com