काठमाडौं । भारतीय फिल्म उद्योगका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको भारतीय समाचार एजेन्सी आईएएनएसले जनाएको छ। रिपोर्टअनुसार धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे।
नोभेम्बर ११ मा आएका निधनसम्बन्धी हल्ला परिवारले खारेज गरेको भए पनि उनलाई नोभेम्बर १० मा मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा दुई दिन भेन्टिलेटरमा रहेका धर्मेन्द्र नोभेम्बर १२ मा डिस्चार्ज भएका थिए।
भारतीय समाचार माध्यम एबिपी न्युसका अनुसार निधनपछि धेरै बलिउड कलाकार शोक व्यक्त गर्दै अन्तिम श्रद्धाञ्जलीका लागि श्मशानघाट पुगेका छन्। अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनले पनि स्वर्गीय अभिनेता धर्मेन्द्रलाई अन्तिम बिदाइ दिएका छन्।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार












प्रतिक्रिया