काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्यको मूल आधार आर्थिक सबलीकरण र गरिबी निवारण भएको बताएकी छन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै उनले समानता र न्यायको पूर्वशर्त नै आर्थिक पहुँच भएको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘गरिबी भएसम्म समानता आउँदैन। घरमा खाने नपुग्दा महिलाले सबैभन्दा धेरै असर भोग्छन्। त्यसैले रोजगारी सिर्जना र गरिबी निवारणलाई प्राथमिकतामा राख्नुपर्छ।’ उनका अनुसार रोजगारीको अभावले हजारौँ महिलालाई बाध्यतावश विदेशिनुपरेको र त्यहाँ विभिन्न प्रकारका हिंसाको जोखिममा पर्नुपरेको छ।

advertisement

उनले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई गरिबी अन्त्यको प्रमुख आधार ठहर गर्दै आफू सरकारमा आएपछि संरचनागत सुधार र पारदर्शिता बनाउन जोड दिएको बताइन्।

नियुक्तिमा महिलालाई प्राथमिकता दिने आफ्नो नीति उल्लेख गर्दै कार्कीले वर्षौं मेहनत गरेका पुरुषलाई अन्याय नहुने स्पष्ट पारिन्। ‘जहाँ महिलालाई नेतृत्व भूमिकामा ल्याउन सकिन्छ, त्यहाँ प्राथमिकता दिइन्छ। तर योग्यताका आधारमा पहिलो स्थानमा रहेका पुरुषलाई अवसरबाट बञ्चित गरिँदैन,’ प्रधानमन्त्रीले भनिन्।

प्रधानमन्त्री कार्कीका अनुसार आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा समान अवसर सुनिश्चित भए मात्र महिला हिंसा अन्त्य हुने र लैङ्गिक समानता संस्थागत हुने छ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com