काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन तोकिएको समयमै हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नेकपालाई देशको प्रमुख राजनीतिक शक्ति बनाउन अब कसैले रोक्न नसक्ने दाबी गरे।
उनले भने, ‘निर्वाचन निर्धारित समयमा नै हुनुपर्छ। त्यसका लागि निर्वाचनको वातावरण निर्माण गर्न हामी देशव्यापी अभियानमा निस्कँदैछौँ। नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन।’
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया