काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनका लागि आवश्यक माहोल पूर्ण रूपमा तयार भएको बताएका छन्।
मंगलबार सिंहदरवारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दल तयारीको अन्तिम चरणमा पुगेको र सरकारले समेत आवश्यक व्यवस्थापन पूरा गरिसकेको बताए।
उनका अनुसार निर्वाचनको विरोध गर्दै आएका दलसमेत दर्ता प्रक्रियामा सहभागी भइसकेकाले निर्वाचनको विश्वसनीयता र वातावरणप्रति कुनै आशङ्का नराख्न सकिने अवस्था बनेको छ।
मन्त्री खरेलले मतदाता नामावली सङ्कलनको तथ्यांकले पनि जनतामा उत्साह देखिएको उल्लेख गर्दै निर्वाचन सुरक्षासम्बन्धी योजना समेत तयार भइसकेको जानकारी दिए।
प्रवक्ता खरेलका अनुसार अहिलेको सरकार ‘जेन–जेड आन्दोलन’ को शक्ति र भावनाबाट स्थापित भएको भएकाले प्रधानमन्त्रीले जेन–जी पुस्ताका युवा परिचालन र सहभागितालाई प्राथमिकतामा राखेको बताए।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया