काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको विध्वंसमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को भूमिका रहेको दाबी गरेका छन्। नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै ओलीले यस्तो दाबी गरेका हुन्।

‘भदौ २४ मा भएको विध्वंसमा तत्कालीन माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालको संलग्नता रहेको भन्ने तपाईँको बुझाइ हो?’ भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘नेतृत्वमा थाहा भएन। उहाँले देशभरिबाट पूर्वलडाकुहरू बोलाउनु भएको थियो।’

advertisement

तर त्यसबारे तत्कालीन सरकारलाई पहिले नै जानकारी नभएको उनले बताए। ‘पछि थाहा भयो। उहाँले बोलाउनु भएको थियो। विभिन्न ठाउँमा झन्डा बोकेर माओवादीका कार्यकर्ता उभिएकै छन्। बोलेकै छन्, चिनिएकै छन्। त्यति बेला दिग्विजय गरिसक्यौ, सबै भइसक्यो भनेर आफै सेल्फी खिच्दै अपलोड गरेका छन्,’ ओलीले भने।

भदौ २४ गते बिहान प्रचण्ड ‘म प्रधानमन्त्री हुने भएँ’ भन्दै खुसी मनाइरहेको पनि ओलीले दाबी गरे। उनले भने, ‘साथीहरूले सहयोग गर्नुप¥यो, संयुक्त सरकार बनाऊँ, अगाडि बढौँ, संविधानबाट होइन, आन्दोलनका बलमा क्रान्ति सम्पन्न गरेर प्रधानमन्त्री बन्दै छु तपाईँहरू पनि आउनुपर्छ भनेर सिंहदरबारमा भन्दै हुनुहुन्थ्यो। उहाँ त प्रधानमन्त्री बन्न छलफलमा हुनुहुन्थ्यो।’

सिंहदरबारमा आगो लागेपछि प्रचण्ड ‘त्यहाँबाट कुदेर आर्मी कहाँ पसेको’ ओलीले दाबी गरे। ‘नेपाली आर्मीलाई त्यति विश्वास गर्नुभयो त्यसका लागि धन्यवाद छ,’ ओलीले भने।

नागरिक

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com