काठमाडौं । काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतीयारी जिल्ला थाना छिरहिया ९ महवा घर भइ काठमाडौंको बानेश्वर बस्ने २२ वर्षीय सुनिल साह र भारतकै आन्ध्र प्रदेश तिमापुर जिल्ला कारिमानर घर भइ सिनामंगल भत्केको पुल बस्ने २६ वर्षीय रमेश कालम छन् ।
उनीहरूले कात्तिक ३० गते काठमाडौं महानगरपालिका–३०, रातोपुल मुनाल गल्लीस्थित एक घरमा ढोकाको ताल्चा फुटाई कोठामा राखिएको लकरसहितको सुनचाँदीका गहनाहरू चोरी गरेका थिए ।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।
सोधपुछको क्रममा उनीहरूले डेरामा लुकाईछिपाई राखेको नगद, सुन तथा चाँदीका गरगहनालगायत विभिन्न सामानहरू बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले तीन लाख नगद, सुनचाँदीसहित अन्य सामानहरू बरामद गरेको छ ।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया