काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देश विकासका लागि केवल सिंहदरबार घेर्ने आन्दोलनले मात्र पर्याप्त नहुने स्पष्ट गर्दै युवाहरूलाई सोच र कार्यदिशा दुवै परिवर्तन गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले लेखेका छन्, ‘सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले कहिले बुझ्ने? अहिलेको युवा पुस्तादेखि भावी पुस्तासम्मको भविष्य उज्यालो बनाउने एक मात्र उपाय भनेको फागुन २१ गते हुने आम निर्वाचनमा जति सकिन्छ त्यति धेरै युवालाई नेतृत्वमा उठाइनु हो । बुढा नेताहरूलाई अब सम्मानपूर्वक बिदा गर्ने समय आएको छ।’
उनले वर्तमान पुराना नेतृत्व स्वार्थी, लोभीपापी तथा विभिन्न हितसमूहको प्रभावमा परेर राज्यका संयन्त्रहरू कमजोर बनाएको आरोप लगाउँदै देशलाई नयाँ पुस्ताको ऊर्जा, इमान्दारिता र क्षमता आवश्यक रहेको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












प्रतिक्रिया