चितवन ।  जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही गरिएको छ । पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरी कसुर अनुसारको कारबाही गरिएको उनले बताए ।

advertisement

आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कानुनी दायरामा ल्याउने क्रममा पक्राउ गरिएको उनले जानकारी दिए ।

आन्दोलनका क्रममा जिल्लाका ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको जिल्ला प्रशासन कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ ।

 

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com