एजेन्सी ।  श्रीलङ्कालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरु बेरोजगार रहेको श्रीलङ्काका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताएका छन् ।

पहिलो त्रैमासिकमा बेरोजगारी दर घटेर ३.८ प्रतिशतमा झरेको उनले बताएका छन् । जुन सन् २०२४ को समान अवधिमा ४.५ प्रतिशत थियो । दोस्रो त्रैमासिकको दर पनि एक वर्ष अघिको ४.७ प्रतिशतको तुलनामा ३.८ प्रतिशत रहेको उहाँले बताएका छन् ।

advertisement

प्रधानमन्त्रीका अनुसार विश्वविद्यालयको डिग्री वा सोभन्दा उच्च योग्यता भएका ४२ हजार २५४ जना बेरोजगार रहेका छन् । सरकारले आफ्नो रोजगार कार्यक्रम अन्तरगत सार्वजनिक क्षेत्रमा १२ हजार भन्दा बढी स्नातक उपाधी प्राप्त जनशक्तीलाई रोजगारी दिइ सकेको उनले जनाएका छन् ।

 

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com