काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजका बलर रन्जित कुमारले घातक बलिङ गर्दै ५ विकेट लिएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७५ रनको लक्ष्य पछ्याइरहेको विराटनगरको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा रन्जित कुमार एक्लैले आधा टिमलाई पेभेलियन फर्काइदिएका हुन्।

advertisement

आफ्नो ४ ओभरको स्पेल पूरा गर्दै रन्जितले मात्र २१ रन खर्चेर ५ महत्त्वपूर्ण विकेट हात पारे। उनले विराटनगरका सेट ब्याटर साम हेजलेटलाई २२ रनमा एलबीडब्लू आउट गर्दै विकेटको सिलसिला सुरु गरेका थिए।

त्यसपछि उनले बसिर अहमद (०), नरेन भट्ट (४), नारायण जोशी (४) र सूर्य तामाङ (०) लाई आउट गर्दै विराटनगरलाई धरापमा पारेका हुन्।

विशेषगरी उनले लिएका ३ विकेटमा कप्तान कुशल मल्लले क्याच समातेका थिए।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com