जेनजी आक्रोशित:

जेनजीहरुमाथी आक्रमण: २४ घण्टाभित्र महेश बस्नेतलाई कानुनी दायरामा ल्याउन माग

यस्तै अवस्था रहे जेनजीहरु पुन: विद्रोहमा जान बाध्य हुने चेतावनी दिएका छन्।



काठमाडौं । सुदूरपश्चिमको धनगढीमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका जेनजीहरुमाथि नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले गरेको भौतिक आक्रमणप्रति जेनजी समुहले संयुक्त विज्ञप्ति जारी गर्दै घोर भत्सर्ना गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ”केहिदिन अगाडि बारा जिल्लाको सिमरामा एमालेले भाडामा ल्याएका गुण्डाहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेन–जीहरु माथि गरिएको सांघातिक हमला र आज धनगढीमा युवामाथि दोहोरिएको नियोजित आक्रमणप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। सुशिला कार्की नेतृत्वको सरकारको नालायकीपनले गुण्डुमा बसेर गुण्डाराज चलाइरहेका केपी ओली र महेश बस्नेतले जेनजीहरु माथि सुरुगरेको सांघातिक हमलाको जति नै भर्त्सना गरेपनि कम हुनेछ। हामीलाई थाहा छ यो जेनजी माथिको केवल आक्रमण होइन, जेनजीहरु बिरुद्दको खुला युद्ध र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको सुनियोजित ध्वंस हो।”

advertisement

जेनजी समुहले लोकतान्त्रिक मूल्य–मान्यताविपरीत शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको आक्रमण अत्यन्त निन्दनीय र अस्वीकार्य भएको जनाउँदै दोषीमाथी कार्वाही गर्न सरकार समक्ष माग गरेको छ।

”देशभर युवाहरू उठेर सुशासन, न्याय र पारदर्शिताको आवाज उठाइरहेका छन तर एमालेका नेता महेश बस्नेतले गुण्डुमा बसेर सञ्चालन गरेको गुण्डाराजले देशलाई हिंसातर्फ धकेलिरहेको छ। उनका संरक्षण प्राप्त गुन्डाहरू खुलेआम युवामाथि आक्रमण गरिरहेको र सुशिला कार्की नेतृत्वको राज्य शक्तिसँग मिलेर जेनजीहरु विरुद्द आतङ्क मच्चाइरहेको तथ्य अब लुकाउन सकिने अवस्थामा छैन। कार्की नेतृत्वको सरकारको मौनता केवल कमजोरी होइन एमालेले जेनजीहरु बिरुद्द गरेको गुण्डागर्दीको प्रत्यक्ष सहमति हो, जसलाई हामी कुनै हालतमा स्वीकार गर्दैनौँ।” विज्ञप्तिमा भनिएको छ।

अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोध प्रदर्शन नागरिकको संविधानप्रदत्त अधिकार भएको उल्लेख गर्दै सो अधिकारमाथि हमला हुनु लोकतन्त्रको खुलेआम उल्लंघन भएको भन्दै सरकारले कार्वाही नगरे विद्रोहमा जाने चेतावनी दिएको छ।

विज्ञप्तिमा उल्लेख छ, ”जेन–जीहरु माथिको दमन, आतंक र हिंसा बन्द नहुने हो भने, यसको जिम्मा पूर्ण रूपमा सरकार र एमाले नेतृत्वले नै वहन गर्नुपर्नेछ। जेनजी युवामाथि चोट पुर्‍याउने हात सरकारले कानुनको कठघरामा उभ्याउदैन भने हामी जेनजीहरु चुपचाप बस्नेछैनौं।”

एमाले नेता महेश बस्नेतलाई तुरुन्तै पक्राउ गरी २४ घण्टा भित्र कानुनी दायरामा ल्याउन जेनजीहरुले माग गरेका छन्। जेन–जी आन्दोलन लोकतन्त्र र नागरिक स्वतन्त्रताको मर्मबाट पछि नहट्ने बताउँदै सत्ता र शक्तिले दमनको बाटो रोज्ने हो भने जेनजीहरु त्यसभन्दा धेरै दृढ, धेरै संगठित र धेरै कठोर रुपमा सडकमा विद्रोह गर्न बाध्य हुने चेतावनी दिएको छ।

‘फुटाउ र राज गर्’ भन्ने सुशिला कार्की नेतृत्वको सरकारको निति र जालमा नपर्न सम्पुर्ण जेनजीहरुलाई जेनजी समुहले संयुक्त विज्ञप्ति मार्फत अपिल गरेको छ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com