काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्स चौंथो खेलमा पराजित भएको छ। चितवनले तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा विराटनगरलाई ४८ रनले हराएको छ।
चितवन पहिलो ब्याटिङ गर्दै विराटनगर किंग्ससमक्ष १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।
जवाफमा विराटनगर १६.५ ओभरमा १ सय २६ रनमा समेटियो। विराटनगरका लागि मर्चेन्ट डि लङ्गले ३९ रन तथा प्रतिश जीले ३० रन बनाउनु सर्वाधिक रह्यो। यी दुईबाहेक साम हेजलेटको २२ रन रह्यो। विराटनगरलाई सस्तैमा समेट्ने क्रममा रञ्जित कुमारले ५ विकेट लिएका थए भने कमल ऐरीले २ विकेट लिए।
त्यसअघि चितवनका लागि रभि वोपराले ३८ बलमा ६५ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै देव खनालले २८ रन बनाउँदा डेविड मलानले १७ रन बनाएका थिए। त्यस्तै कुशल मल्ल २० रनमा अविजित रहे। विराटनगरका लागि सन्दीप लामिछाने र मर्चान्ट डि लङले २–२ विकेट लिंदा शुभम रञ्जनले १ विकेट लिएका थिए।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार













प्रतिक्रिया