काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मुल्य तोलामा ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई लाख ४८ हजार ४०० कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ८०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ३२२० रुपैयाँ कायम भएको चाँदी मुल्य आज ३२८० रुपैयाँ कायम भएकाे महासङ्घले जनाएकाे छ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया