म्याग्दी । आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन् ।

गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रु रु १० लाख धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पुर्याउन पालिकालाई प्रदान गरिएको हो । यसअघि गुर्जाको ख्याली नाच समूहले रु एक लाख र हिमाली आमा समूहले रु दुई लाख सहयोग गरेका थिए ।

advertisement

गुर्जामा सडक पुर्याउन सङ्घ सरकारले रु एक करोड ४० लाख, गाउँपालिकाले रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

 

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com